Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नेतृ अल्का लाम्बाले माफी माग्दै हटाइन् मोदीलक्षित नेपालीका लागि अपमानजनक ट्वीट

काठमाडौँ : भरत स्थित आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।

उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् :

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

माफी माग्दै लाम्बाले लेखेकी छिन् :

मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।

उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्