Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ वर्षीया आराध्याको मेकअप , ऐश्वर्यालाई दर्शकको गाली

मुम्बई :  व्यवसायी तथा एसियाकै धनि मुकेश अम्बानीका छोरा आकाश अम्बानीको बिहेको चर्चा अझै सेलाएको छैन । उनको इन्गेजमेन्ट, बिहे र रिसेप्शनको सबैको चर्चा उत्तिकै छ ।

उनका बिहेको रिशेप्सनका उपस्थित भएका सेलिब्रेटीको चर्चा पनि सामाजिक सञ्जालमा उत्तिकै छ । यसैक्रममा यतिबेला चर्चामा छिन्, ऐश्वर्याकी ७ वर्षीया छोरी आराध्या । आराध्या उनका पिता अभिषेक बच्चन र आमा ऐश्वर्यासँग उक्त वैवाहिक समारोहमा उपस्थित भएकी थिइन् ।

आराध्याको अनुहारमा मेकअप स्पस्ट देखिएको थियो । आराध्याले पहिलो पटक क्यामेराको अगाडि रमाइला पोज दिइन् । तर, उनको पोज र मेकअप अहिले ट्रोल बनिरहेको छ । उनको मेकअपको कारण ऐश्वर्यालाई गाली गरिरहेका छन्, सामाजिक सञ्जालका उनका दर्शकहरु ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘ऐश्वर्या, यति कम उमेरकी बच्चालाई कसले मेकअप गराइदिन्छ ? उनलाई उनको बचपनामा जिउन देउ ।’

साथै अर्का एक जनाले लेखेका छन्, ‘यी सेलिव्रेटीहरु जे पनि गर्छन् ।’ अर्काले लेखेका छन्, ‘ऐश्वर्या, हामी तपाईंलाई एक असल आमाको रुपमा हेर्छौ तर हामीलाई लाग्दैन कि यति कम उमेरकी छोरीलाई ग्ल्यामर दुनियाँमा लैजान उचित हुन्छ ।’

आकाश अम्बानीको रिसेप्शनमा अभिषेक, आराध्या र ऐश्वर्याले थुप्रै पोजमा तस्बिर खिचाएका थिए । आराध्याले तस्बिर खिचिरहेका फोटोग्राफरको नजिक गएर ‘अब पुग्यो’ भनेपछि सबै हाँसेँका थिए ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्