Logo
६ बैशाख २०८१, बिहीबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सारा र कार्तिकको किसिङ भिडियो भयो भाईरल (भिडियो सहित)

बलिउडका चर्चिन नवनायिका सारा अलि खान र नायक कार्तिक अर्यनको किसिङ भिडियो पछिल्लो समय बिभिन्न सामाजिक सञ्जालहरुमा भाईरल भईरहेको छ । यो भिडियो कुनै फिल्मको त थिएन तर फिल्मको शुटिंगको थियो ।

वास्तवमा उक्त भिडियो सारा र कार्तिकको आउँदै गरेको फिल्म “लव आजकल २” रहेको छ । सो फिल्मको लागि उनीहरु आजकल ब्यस्त रहेका छन् । सारा र कार्तिक दिल्लीको एक पबमा उक्त फिल्मको शुटिंग गरिरहेका थिए । जसमा एक रोमान्टीक सीनमा उनीहरुले किस गरेका थिए । त्यस भिडियो नै उनीहरु फ्यान्सको लागि चर्चाको बिषय बनेको छ । त्यहाँ उपस्थित भएका मानिसहरुले बताएअनुसार त्यस शुटिंको समयमा उनीहरु रोमान्टिक देखिएका थिए । रोमान्टिक पनि किन नदेखिनु सिन पनि उस्तै थियो । तर क्यामरामा भने यस कुरालाई राम्रो संग कैद गर्न सकिएको थिएन ।

सारा र कार्तिक ईम्तियाज अलीको फिल्म “लव आजकल ” को दोस्रो भागमा काम गरिरहेका छन् । जसलाई ईम्तियाजले नै डाईरेक्ट गरेका छन् । फिल्ममा रणदीप हुडापनि रहेका छन् । “लव आजकल २”मा सैफ अलि खान र दीपिका पादुकोणको “लव आजकल ”को अगाडिको कहानी हुने छ । पहिले बताईएको थियो की साराका बुवा सैफ अली खान पनि यस फिल्ममा हुनेछन् तर पछि उनले मानेनन् ।

यो जोडी बन्नमा करण जोहरको ठूलो हात रहेको छ । किनकि त्यस शोमा साराले आफुलाई कार्तिक क्युट लाग्ने र उनीसंग डेटमा जान चाहेको बताएकी थिईन् । पछि उनीहरु एक कार्यक्रममा आमने- सामने भएका थिए ।

https://youtu.be/AZyePuAQn78?t=2

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्