Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सारेगमप’मा आयुषको धमाकेदार प्रस्तुती (भिडियो सहित)

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले सहभागिता जनाईरहेका छन् ।  ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपाल प्रतिनिधित्व गर्दे देशको नाम चम्काईरहेका छन् ।

हिजोमात्र प्रितम आचार्यले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए भने आज प्रसारण भएको कार्यक्रममा आयुषले आफनो प्रस्तुती दिएका छन् ।आयुषले लक्ष्य फिल्ममा रहेको शिर्ष गीत गाएका थिए । आयुषको गायन निकै कर्णप्रिय थियो ।

जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले मुक्तकण्ठले प्रशंसा गरे । जज ऋचाले आयुषको प्रशंसा गर्दे आफनो इनोसेन्सलाई सधै कायम राख्न अनुरोध गरिन् भने सानले प्रितमको गायनको प्रशंसा गरे । जुरी मेम्बरबाट आज आयुषले ९७।३ प्रतिशत नम्बर ल्याए । कश्मिरको पुलवामा भएको आतंककारी हमलापछि भारतीय सैनिकहरुको सम्मानमा प्रसारण भएको कार्यक्रममा आयुषले १०० प्रतिशत नल्याए पनि उनको प्रस्तुत मन छुने रहेको थियो ।

यसअघि उनले नेपाली पोशाकमा छातीमा नेपालको झण्डा र शिरमा ढाका टोपी लगाउँदै बिदेशी भुमिमा गीत गाउँदा सबै नेपालीले गर्व महसुस गरेका थिए । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य पनि हुन् ।

https://www.facebook.com/100012713313236/videos/668095466957558/?t=161

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्