Logo
१३ बैशाख २०८१, बिहीबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन : धर्म परिवर्तन विरुद्ध साझा रणनीति तयार गरिने

काठमाडौँ : राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन २०७५ चैत २ गते आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपालको मुख्य आयोजना र सहृदयता समाज नेपाल तथा युुग निर्माण महिला समाज नेपालको सह-आयोजनामा धार्मिक सहृदयता सम्मेलन हुन लागेको हो ।

नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुुर्याउने गरी तिब्र गतिमा भईरहेको धर्म परिवर्तन विरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिन लागेको प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए ।

सम्मेलनमा नेपालका मौलिक रैथाने धर्महरु हिन्दु, बौद्ध, किरात, जैन र बोनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुका विद्वानहरुको उपस्थिति हुनेछ । सम्बन्धित धार्मिक संस्थाका विद्वानहरुले भिन्दाभिन्दै सत्रमा कार्यपत्र प्रस्तुुत गर्ने कार्यक्रम समेत तय भएको छ ।

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको यो दोस्रो संकरण हो । गत वर्ष फागुुन ५ गते पहिलो पटक यो सम्मेलन आयोजना भएको थियो । धार्मिक सहृदयता सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्