Logo
१५ चैत्र २०८०, बिहीबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलैँचीको मूल्यमा आयो भारी गिरावट, कृषक मर्कामा

भोजपुर :  अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ ।

आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका-४ नागीका कृषक जयकुमार राईले बताए ।

उनले भने, “अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान खेतमा अलैँची लगाएँ तर अहिले बजारमा मूल्य छैन भन्दै ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा माग्छन्, अब त्यही मूल्यमा दिने हो भने आफ्नो परिश्रम नै उठ्दैन, त्यही भएर मजस्ता यस ठाउँका धेरै कृषकले अहिले पनि अलैँची बिक्री गरेका छैनन् ।”

गाउँका धरै कृषकले आफ्नो सल्लाहानुसार अलैँची लगाएको बताउँदै उनले भने, “विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।” राईले तीन बगानमा गरी करीब १५० रोपनीमा अलैँची लगाएका छन् । उनले भने, “साविकको जिल्ला कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र) ले हामीलाई धेरै सहयोग गरेको छ, त्यसको कारणले पनि यसको खेतीमा लागियो तर मूल्य नपाउँदा असाध्यै गाह्रो भएको छ । यसका लागि सरकारले पनि ध्यान दिनुपर्यो ।”

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्