Logo
१३ बैशाख २०८१, बिहीबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवम सिमेन्ट : प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

काठमाडौं : शिवम सिमेन्टस्ले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ ।

शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले देवकोटालाई चैत्र १ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाले विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकिय कार्य अनुभव हासिल गरेको अनुभव रहेको छ । साथै उनी करिव ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध छन् ।

देवकोटा लामो समय देखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल र शिवम सिमेन्टस् समेतमा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ । देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सवै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्