Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

काठमाडौं :  विगत ३ वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको जानकारी दिए ।

गतसालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी दियो । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो । केही हदसम्म समीक्षकसँगै बौद्धिक वर्गलाई पनि रिझाएको फिल्म ८० लाख लगानीमा बनेको थियो । फिल्मले ३ करोडको ब्यवसाय गरेको निर्देशक बिनोदको दाबी रहेको छ । फिल्म हालै अष्ट्रेलिया प्रदर्शनका लागि १२ लाखमा सम्झौता भएको निर्देशक पौडेलको भनाई रहेको छ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्