Logo
११ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिकट स्थानमा सारियो प्रदेश २ को श्रम कार्यालय, आठै जिल्लाका सेवाग्राहीलाई सास्ती

प्रदेश २ स्थित जनकपुरको श्रम तथा रोजगार कार्यालय जनकपुरको बिकट स्थानमा सारिएको छ । प्रदेश २ को आठवटा जिल्लालाई सहज हुने गरी राख्नुपर्ने कार्यालय जनकपुरको क्याम्पसचोकदेखि करिब ३ किलोमिटर पूर्व चौरमा रहेको गणेश पार्टी प्यालेशमा सारिएको हो ।काठमाडौंमा मात्र केन्द्रित श्रम कार्यालय जनताको सहजताको लागि करिब दुई महिना अघि सातवटा प्रदेशको राजधानीमा स्थापना गरिएको थियो ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पनि मुरलीचोक र क्याम्पसचोकको बिचमा पश्चिमपट्टी रहेको श्रम कार्यालयमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको थियो । त्यहाँ पनि साँघुरो ठाउँ रहेकाले कार्यालयमा दैनिक हुने सेवाग्राहीको चापले समस्या हुने गरेको थियो ।

त्यसैले आठवटै जिल्लाका सर्वसाधारणलाई मध्यनजर गरी जनकपुरकै सहज र सबैले देख्ने गरी फराकिलो स्थानमा राख्नुपर्ने कार्यालय जनकपुरकै अधिकांश बासिन्दाले नदेखेको ठाउँमा आईतवारदेखि सारिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवाको चारैतिर बस्ती नै नभएको स्थानमा निर्माण गरिएको गणेश पार्टी प्यालेशमा थन्काएपछि आठवटै जिल्लाका सर्वसाधारणहरु सास्ती पाउने निश्चित भएको छ ।

तर जनकपुर श्रम कार्यालयका प्रमुख मनोज कुमार यादवले भने फराकिलो र उपयुक्त स्थानमा कार्यालय सारेको दावी गरेका छन् । उनले पहिलाको स्थानमा दलाली,घुस्सपैठी र सेवा ग्रहीको समस्यालाई मध्य नजर राखदै कुनै किसिमको समस्या नहोस् भन्ने उदेश्यका साथ कार्यालयको ठाउँ परिवर्तण गरेको बताए । उनले अव दलालहरुलाई ठुलै झट्का लागेको प्रतिक्रिया दिएका छन् ।

तर एकान्त चौरमा लगेर कार्यालय स्थापनाले झनै दलाली र आठजिल्लाकै सर्वसाधारणले सास्ती पाउने सम्भावना बढेको जनकपुरकै बासिन्दाहरुको ठम्याइछ । प्रमुख यादवले नयाँ ठाउँमा जान केहि दिन सर्वसाधारणलाई समस्या भएपनि पछि विस्तारै सहज हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्