Logo
१२ बैशाख २०८१, बुधबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ वर्षदेखि ३ स्वास्थ्य संस्था बन्द, सदरमुकाम धाउनुपर्ने स्थानीयवासीको बाध्यता

जाजरकोट :  जनतालाई प्रभावकारी स्वास्थ्य सेवा गाउँ घरमै दिने उद्देश्यले स्थापना गरिएको गाउँ घर किल्निकहरू बन्द भएका छन्। जिल्लाको भेरी नगरपालिका ८ बुरुङे, वडा ९ भुरचौर, वडा १० कालाभुरमा रहेका गाउँघर क्लिनिकहरू बन्द हुँदा सेवा प्रवाहमा समस्य भएका छन्।

भुरबाट स्वास्थ्यकर्मीहरू गाउँघर किल्निकमा नजाँदा सेवा प्रवाह हुन नसकेको भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिए। तीन वटा वडाका स्वास्थ्य संस्था सञ्चालन नहुँदा हजार भन्दा बढी जनसंख्याले स्वास्थ्य सेवा पाउन नसकेको स्थानीयबासीको गुनासो छ।

गाउँघर क्लिनिकमा दुइजना स्वास्थ्यकर्मीको दरवन्दी हुने गर्दछ। भेरी नगरपालिकाको दुर्गम मानिने यी वडामा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नहुँदा दैनिक स्थानीयहरू बिरामी हुँदा सदरमुकाम आउनु पर्ने बाध्यता रहेको छ। स्वास्थ्य संस्था बन्द भए पनि सञ्चालन गर्ने कुनै पनि सुरसार नदेखिएको स्थानीयबासी बताउँछन्। पटक, पटक स्वास्थ्य संस्था बन्द भएको र स्वास्थ्यकर्मीहरू सेवा नदिएको जानकारी गराए पनि कुनै प्रकारको कारवाही नभएको उनीहरूको भनाइ छ।

स्वास्थ्यचौकी भुरमा जिल्लाबाट अनुगमनमा गएको एक टोलीले ६ जना स्वास्थ्यकर्मी भएको ठाउँमा एक जना मात्र स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह दिएको फेला पारेको थियो। अन्य स्वास्थ्यकर्मीहरू व्यक्तिगत काममा गएको फेला परेको थियो। केही स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीको गेटमै औषधि पसल स्थापना गरेर निजीमा बढी ध्यान दिएको समेत खुलासा भएको छ। स्वास्थ्यकर्मी अनियमित हुँदा सेवा प्रवाह खस्किएको स्थानीय रामबहादुर शर्माले गुनासो गरे।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्