Logo
७ बैशाख २०८१, शुक्रबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर सूचीकृत गरिएका तीन कम्पनीमध्ये नेपाल टेलिकम शीर्षस्थानमा

काठमाडौँ :  धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको ६ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ । स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ ।

बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ । टेलिकमको रु १ खर्ब २ अर्ब ६० करोड बराबर रहेको छ । यस्तै नबिल बैंक लिमिटेडको बजार पूँजीकरण रु ५५ अर्ब ३० करोड ५५ लाख ८५ हजार २०० रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४८ अर्ब ८० करोड ५९ लाख ७ हजार ४६० बराबरको बजार पूँजीकरण रहेको छ ।

साताको पहिलो दिन १ हजार १ सय दशमलव ५८ विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् गत बिहीबार २७ विन्दुले बढेर १ हजार १२७.७७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.८४ विन्दुले बढेको छ ।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्