Logo
८ बैशाख २०८१, शनिबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दुतावासमा बलिउड गायिका कविता कृष्णमूर्तिको भब्य सांगीतिक प्रस्तुति (फोटोफिचर)

काठमाण्डौ : अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुतिको आयोजना गरिएको छ ।

भारतीय दुतावास स्थित Indian Women’s Association द्वारा शुक्रवार साँझ आयोजित उक्त कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका गरी करीब १५०० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उपराष्टपति नन्दबहादुर पुनको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर) लगायतको प्रस्तुती रहेको थियो ।

सांगीतिक क्षेत्रमा डा. एल. सुब्रमण्यम एक विश्व ख्याती प्राप्त भायोलिन बादकका रुपमा परिचित छन् । त्यस्तै कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिकाको रुपमा परिचित छन् । उँहाले विभिन्न १६ भाषामा १८,००० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन् ।

Association द्वारा आयोजित यस परोपकारी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको साझा सांगीतिक विरासतलाई प्रवर्धन गर्ने एक प्रयास भएको अध्यक्ष नम्रता पुरीले बताइन । Association ले सामाजिक तथा सांस्कृतिक क्रियाकलाप मार्फत भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रता अभिवृद्धि गर्ने एक मञ्चको रुपमा कार्य गर्दैआएको छ ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्