Logo
८ बैशाख २०८१, शनिबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश : खुलाए विकासमा पछि पर्नुृको कारण संघले सहानुभूति नदेखाएको लगाए आरोप

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशलाई संघीय सरकारले सहानुभूति नदेखाएको आरोप लगाएका छन् । मुख्यमन्त्री शाहीले कर्णालीलाई आवश्यक बजेट संघीय सरकारले दिन नसकेको भन्दै कर्णालीप्रति सहानुभूति नदेखाएको आरोप लगाएका हुन् ।

बिहीबारदेखि सुर्खेतमा शुरु भएको रारा नाटक महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो आरोप लगाएका हुन् । ‘जनसंख्या र भुगोलका आधारमा बजेट दिँदा त्यो कर्णालीलाई अपुग हुन्छ’, शाहीले भने, ‘त्यसवाट कर्णाली प्रदेश बन्ने अवस्थामा छैन । यसमा ध्यान दिन पनि संघीय सरकारलाई आग्रह गर्दैछु ।’ संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री प्रमुख अतिथि रहेको सो कार्यक्रममा मुख्यमन्त्री शाहीले रारा नाटक महोत्सवले कर्णालीको इतिहासलाई उजागर गर्ने अपेक्षा सरकारले लिएको बताए ।

व्यवस्था परिवर्तन गरे पनि अहिलेको जिम्मेवारी भनेको यो व्यवस्था कार्यान्वयनको रहेको उनको भनाई छ । गरिबीबाट थला परेको देशलाई आर्थिक समृद्धितर्फ उन्मुख बनाउने नै आफ्नो उद्देश्य रहेको मुख्यमन्त्री शाहीको भनाई थियो । शाहीले कर्णालीमा अधिकांश समय मेला र महोत्सव लाग्ने गरेको भन्दै त्यस्ता मेला महोत्सव आवश्यकता बमोजिम लाग्नुपर्ने धारणा राखे ।

उद्घाटन कार्यक्रममा वोल्दै कर्णाली सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश खस सभ्यताको ऐतिहासिक विरासत बोकेकाले कर्णालीको भाषा संस्कृति जोगाउन प्रदेश सरकार लागि परेको बताए ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्