Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर खानतलासी गर्दा भागे विप्लवका कार्यकर्ता, प्रहरीले गरे गोली प्रहार

कपिलवस्तु : कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् । बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्