Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी स्थित चौधरीको घरमा आगलागि हुँदा २० लाख बराबरको क्षती

दुहबी : प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबी वडा नम्बर ६ स्थित बिद्या सागर चौधरीको घरमा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।

आगलागि बाट बिद्या सागर चौधरीका छिमेकी रवीलाल चौधरी घरमा समेत सामान्य क्षति पुगेको छ । वुधबार पौने ५ बजेदेखि लागेको आगलागी आधा घण्टामा नियन्त्रणमा आएको प्रत्यक्षदर्सीले बताएका छन ।

वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारणले आगलागी भएको सो वुधवार साँझ ६ बजे सम्म खुल्न न सकेको इप्रका दुहवीले जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्