Logo
७ बैशाख २०८१, शुक्रबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका प्रमुखको गाडीमा आगजनी, कार्यालय समेत तोडफोड

बुटवल : रोल्पाको गंगादेव गाउँपालिका प्रमुख चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

गाउँपालिका प्रमुख वीरबहादुर खत्रीको गाडी जलाएर क्षति पुर्याएको रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए । उनका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयको कम्पाउण्ड भित्र राखिएको गाडीमा पेट्रोलियम पदार्थ छर्केर अज्ञात समुहले आगजनी गरेका हुन् । आगजनीबाट गाडीमा क्षति पुगेको छ ।

सो समूहले कार्यालय भवनमा समेत ढुङ्गाले ताडेफोड गर्दा झ्यालका सिसाहरु फुटेका छन । आगजनी र तोडफोड हुन थालेपछि कार्यालय सहयोगी मानबहादुर केसीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

मंगलवार देखि सुरु भएको स्थानिय मेला उद्घाटन गर्न पुगेका गाउँपालिका प्रमुख खत्रीले वडा नम्वर ४ को वडा कार्यालयमा भे १ ज २७८५ नम्वरको बलेरो जिप पािर्कङ गरेर राखेका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आजगनी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्