Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोक्न सकिएन सीमा तस्करी, कर्मचारीने गरे गुनासो

नवलपरासी : पश्चिम नवलपरासीका विभिन्न नाकाहरुबाट तस्करी कार्य बढ्दै गएको छ । भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी कार्य बढ्दै गएको हो ।

कर्मचारीहरुका अनुसार पछिल्लो पटक नेपालबाट भारततर्फ मटर, मरिच र सुपारी र भारतबाट लत्ता कपडा, मेशनरी सामान, र कुखुराका चल्लाको तस्करी बढेको भन्सार कार्यालयले जनाएको छ । नेपालसँग सीमाना जोडिएका महेशपुर, विस्नुपुरा, भूजहवा, गुठिप्रसौनीलगायतका नाकाबाट दुबै देशतर्फ सामानहरुको तस्करी हुने गरेको स्वयं भन्सारकै कर्मचारीहरुले स्वीकारेका छन् ।

सीमा नाकाहरुमा शसस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकी, पोष्ट र विभिन्न स्थानमा चेक पोष्टहरु राखिए पनि तस्करी रोक्न नसकिएको महेशपुर मूल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हेमराज शर्माले बताए । विरगञ्ज र भैरहवाबाट ल्याइने मटरलाई व्यवसायीहरुले नाकाहरुमा गोदाम बनाएर राख्ने गरेर दैनिक रुपमा २ देखि ३ ट्रकसम्म भारततर्फ मटर तस्करी हुने गरेको बताइएको छ । यही गोदामबाट नै मटर भारततर्फ लैजाने गरिएको छ ।

यस तस्करी कार्यमा स्थानीय तहका केही जनप्रतिनिधिहरुको पनि संलग्नता रहेको आरोप छ । भन्सार कार्यालयकै कर्मचारीहरु दोषी ठहर भएपछि कर्मचारीहरुलाई कार्यालयले स्पष्टिकरण सोधेको भन्सार अधिकृत शर्माको भनाई छ । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पनि पछिल्लो पटक नाकाहरुमा मटर तस्करी कार्य बढेको गुनासो गरेपछि नाकाहरुमा निगरानी बढाइएको बताए ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्