Logo
१५ चैत्र २०८०, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत

काठमाडौँ : २०६० सालदेखि पत्रकारितामा सक्रिय पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । यूएनडीपीको एनपिस नेटवर्कले थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा कुँवरलाई पुरस्कृत गरिएको हो ।

पत्रकारिताको माध्यमबाट लैङ्गिक समानताको पक्षमा निरन्तरत कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ । पत्रकार कुवरलाई अभियन्ता राधा पौडेलले एनपिस अवार्डको ‘अनटोल्ड स्टोरी’ विधामा कुँवरलाई मनोनीत गरेकी थिइन् ।

यो विधामा नेपालबाट अन्य तीनजना महिलाहरू पनि मनोनीत भएका थिए । मनोनयनमा परेका मध्ये सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ । यूएनडीपीले शान्ति स्थापना र लैङ्गिक समानता लागि काम गर्ने एसिया अन्तर्गत सात देशका अभियन्ता र संस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

यस्तै सोही कार्यक्रममा नेपाल , फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार इन्डोनेसियाबाट बिजेता सस्था र अभियन्ताहरुलाई पनि अवार्ड वितरण गरियो ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्