Logo
६ बैशाख २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी, साह र मण्डल पक्राउ

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घरमा चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का २० वर्षीय बिक्की साह र वडा नं. ४ का २० वर्षीय किसन मण्डल रहको प्रहरीले जनाएको छ ।

फागुन २३ गते हुने जनकपुरधामका मेयर साहले छोरीको बिहेको लागि किनेर ल्याएको सरसमान मंगलबार राति चोरी गरेको आरोपमा दुवैजनालाई पक्राउ गरेको हो ।

उनीहरुले एकलाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेको र सरसमान समेत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवैजनामाथि थप अनुसन्धन गरी मुद्दा चलाउने तयारी रहेको जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्