Logo
७ बैशाख २०८१, शुक्रबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्मी जगतमा प्रभुत्व जमाउने संकेत : ‘क्याप्टेन’ नायिका उपासनालाई ‘कबड्डी ३’

काठमाण्डौं : सोमबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘क्याप्टेन’ मा नयाँ अभिनेत्रीको रुपमा प्रवेश गरेकी अभिनेत्री उपासना सिंह ठकुरीले नेपाली फिल्मी जगतमा आफ्नो प्रभुत्व जमाउने संकेत देखाइएकी छन् ।

उनको डेब्यू फिल्म ‘क्याप्टेन’ चौथो दिनमा प्रदर्शन भइरहेको छ । गाउँले युवतीको भूमिकामा फिट देखिएकी उनको अनमोलसँग जोडी पनि उतिक्कै सुहाएको छ । फिल्मको ‘रहर छ सँगै ‘बोलको गीतपछि नै उनको सुन्दरताको चर्चा सिनेवृतमा सुरु हुन थालेको थियो । फिल्ममा देखाएको उपासनाको कामले फिल्म उद्यागका लागि उदयिमानको छनक दिएको छ । अहिले धेरै फिल्ममेकरको आँखा उनीमाथि पर्न थालेको छ ।

फिल्मले बक्सअफिसमा राम्रो पैसा मात्र छापिरहेको छैन उपासनाको कामको पनि राम्रो प्रशंसा भइरहेको छ । उनको अभिनय दर्शक र समीक्षक दुबैलाई मन परेको छ । यसबीच, डेब्यू फिल्म पहिलो सातामा प्रदर्शन भइरहँदा उनलाई गिनेचुनेको ब्यानर सिनेमा आर्टस्को हिट फिल्म ुकबड्डीु को तेस्रो सिक्वेल ‘कबड्डी ३’ अफर भएको छ । उपासना केही दिनयता निर्देशक रामबाबु गुरुङसँग लगातार छलफलमा छिन् ।

‘कबड्डी’ को दुई सिरिजमा अभिनेत्री रेश्मा गुरुङ फिमेल लिड रोलमा थिइन् । यसपटक उनी नदोहोरिने जनाइएको छ । उनलाई उपासनाले रिप्लेस गर्ने सम्भावना बलियो छ । उनले केही दिनमा फिल्म गर्नेरनगर्ने भन्ने टुंगो लाग्ने जनाएकी छिन् भने यो फिल्ममा अभिनेता प्रदीप खड्काको पनि प्रवेश हुने चर्चा छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्