Logo
१५ चैत्र २०८०, बिहीबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुनैको दरवार’ मा छुल्ठिमको दमदार प्रस्तुति

काठमाडौं :  महाशिवरात्रीको अवसर पारेर फिल्म ‘पसिना’ले प्रोमोसनल टाइटल गीत ‘सुनैको दरवार’ सार्वजनिक गरेको छ ।

सार्वजनिक बोलको गीतमा मीना पोखरेल निरौलाको स्वर छ । निर्देशक आर.बि खत्री ‘शरद’ को शब्द गीतमा दिपक शर्माले संगीत भरेका हुन् । अभिनेत्री छुल्ठिम डोल्मा गुरुङमाथि गीत छायाँकन गरिएको छ । गीतको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।फिल्म पनि शरदले नै निर्देशन गरेका हुन् । यो गीतसँगै फिल्मको आधिकारीक प्रचार सुरु भएको निर्देशक शरदले जानकारी दिए ।

फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्व कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतको अभिनय छ । राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव बिक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द फिल्ममा छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न समेत सन्देश निर्देशकले बताए । फिल्म २७ बैशाखबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म शान्त ढकालले निर्माण गरेकी हुन् । उनलाई निर्माणमा सञ्जय महतोले सघाएका छन् ।

 

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्