Logo
७ बैशाख २०८१, शुक्रबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NMB बैंक : ३ अर्बको ऋणपत्र जारी, कति छ ब्याजदर र समय अवधि ?

काठमाडौं : NMB बैंकले फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०प्रतिशत एनएमबी डिबेन्चर २०८५’ जारी गर्न लागेको हो ।

बैंकले बार्षिक १० प्रतिशत व्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने गरी ऋmणपत्र जारी गरिएको बैंकले जनाएको छ । कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रति कित्ता १ हजार रुपैयाँ दरमा सामुहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणको लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको छ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ । एनएमबीको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।एनएमबिले पनि ऋणपत्र बिक्रीबाट उठ्ने रकममध्ये २ अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्ने योजना बनाएको छ ।

यस्तै, २० करोड रुपैयाँ विपन्न वर्गमा कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यको अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्