Logo
|| March 5, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेशसभाको बैठक

पोखरा : ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठक सकिएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले पेश गरेको प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरियो। हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित निधन भएका सातजनाहरुप्रति श्रद्धान्जलि एवं शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरिएको छ ।

बैठकले नेपाल सरकारका पूर्व अर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको गएको फागुन १८ गते उपचारको क्रममा निधन भएकोले उनीप्रति पनि श्रद्धान्जलि एवं परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार १३:४६

प्रतिक्रिया दिनुहोस्