Logo
१२ बैशाख २०८१, बुधबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा यसवर्ष घट्यो भक्तजनको भीड, तर देशभरका बिभिन्न शिवालयमा बढ्यो घुइचो (देशभरका ४० तस्विर)

काठमाडौँ : महाशिवरात्रिका अवसरमा सोमवार गतवर्षहरुको तुलनामा यसवर्ष पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड घटेको छ । तर देशभरका बिभिन्न शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइचो भने बढेको छ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका थिए । तर अन्य वर्षको तुलनामा यर्सवर्ष भक्तजनको भीड घटेको छ । पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको थियो ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई, जयबागेश्वरी-इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

उनका अनुसार तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको थियो ।  पशुपतिनाथसँगै सोमवार बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

यसवर्ष देशको अन्य भागमा भक्तजनको भीड बढेको छ । महाशिवरात्रिको अवसरमा सोमवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले समेत दर्शन एवं पूजाआजा गरेका छन् ।

झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा

हेर्नुस् फोटोफिचर : 

शिवरात्रि पर्वको अवसरमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित राष्ट्रिय लोकभजन प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै महिला भक्तजनहरु । तस्वीर : रामबहादुर थापा, बागलुङ
सोमबार परेको महाशिवरात्रिको दिन वीरगन्जको अलखियामठमा भगवान शिवको पूजा आराधना गर्दै ७नतसद्धालुहरु । महशिवरात्रिका दिन पूजाआराधना गरी ब्रत बस्ने कुमारी कन्यालाई सुयोग्य वर पाउने धार्मिक मान्यता रहेको छ । तस्वीरः बिजयकुमार महतो, पर्सा
सोमबार परेको महाशिवरात्रिको दिन वीरगन्जको अलखियामठमा भगवान शिवको पूजा आराधना गर्दै ७नतसद्धालुहरु । महशिवरात्रिका दिन पूजाआराधना गरी ब्रत बस्ने कुमारी कन्यालाई सुयोग्य वर पाउने धार्मिक मान्यता रहेको छ । तस्वीरः बिजयकुमार महतो, पर्सा

अखिल विश्व गायत्री परिवार वीरगन्ज शक्तिपिठले नेपालमै पहिलो पटक वीरगन्जको अदर्शनगर रंगशालामा आयोजना गरेको अश्वमेध महायज्ञयमा हवन पूजन गर्दै ७नतसद्धालुहरु । महायज्ञमा नेपाल भारतलगायत विभिन्न ४० राष्ट्रबाट पाँच लाख भन्दा बढी ७नतसद्धालुहरुको सहभागिता हुने आयोजकको विश्वास रहेकोछ । तस्वीरः बिजयकुमार महतो, पर्सा
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः नवीन पौडेल, रासस
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः नवीन पौडेल
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : नवीन पौडेल, रासस
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : नवीन पौडेल, रासस
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीर : नवीन पौडेल
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन गरी फर्किनुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीरः नवीन पौडेल
महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा भक्तजन । तस्वीरः नवीन पौडेल
शिवरात्रि पर्वको अवसरमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित राष्ट्रिय लोकभजन प्रतियोगिता अवलोकन गर्दै भक्तजन । तस्वीरः रामबहादुर थापा, बागलुङ
शिवरात्रि पर्वको अवसरमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित राष्ट्रिय लोकभजन प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर: रामबहादुर थापा, बागलुङ
शिवरात्रि पर्वको अवसरमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित राष्ट्रिय लोकभजन प्रतियोगितामा सहभागी समूहका कलाकार भजन गाउँदै । तस्वीरः रामबहादुर थापा
कञ्चनपुरको झलारी बजारमा सानुन काठबाट बनेको ठेकी बेच्न बसेका व्यापारी । सानुन काठ पाउन मुश्किल हुन थालेपछि ठेकीको मूल्य दोब्वरले बृद्धि भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
शिवरात्रिका अवसरमा कञ्चनपुरको झलारी बजारमा लागेको मेलामा मिठाई बिक्री गर्र्दै व्यापारी । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
दाङ, तुल्सीपुर उपमहानगरपालिका–१२ मा रहेको शितलपुरमा रहेको शिवमन्दिरमा पूजाका लागि लाईनमा बसेका दर्शनार्थीहरु । तस्वीर : दीपक बोहरा, लमही (दाङ), प्रदेश नं.५
शिवरात्रि महोत्सवमा महाकाली नगरपालिका–१ का लटिनाथ आमा समूहका महिलाहरु । सदरमुकाम खुलामञ्चमा भएको मेलामा सहभागी हुने क्रममा स्थानीय सरौं नाचको नृत्य । तस्वीर : नरेन्द्रसिह कार्की, सुदूरपश्चिम प्रदेश, दार्चुला
महाशिवरात्रीको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका–ं. १० गौरीगाउँमा निर्माण गरिएको शिवमन्दिरको उदघाटनको पूर्वसन्ध्यामा निकालिएको कलश यात्रा । तस्वीरः दीपक बोहरा,लमही(दाङ),प्रदेश नं.५
महाशिवरात्रीको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका– १० गौरीगाउँमा निर्माण गरिएको शिवमन्दिरको उदघाटनको पूर्वसन्ध्यामा निकालिएको कलश यात्रा । तस्वीर: दीपक बोहरा,लमही (दाङ),प्रदेश नं.५
दाङको पाण्डवेश्वर शिव मन्दिर धारापानीमा १०० वर्षअगाडि लाग्दै आएको मेला सोमबार पनि लागेको छ । धारापानीमा यस वर्षदेखि नेपाल सरकारको तर्फबाट नेपाली सेनाले सलामी अर्पणको कार्यक्रमसमेत गरेको छ । तस्विर : रीता लामा, घोराही
दाङको पाण्डवेश्वर शिव मन्दिर धारापानीमा १०० वर्षअगाडि लाग्दै आएको मेला सोमबार पनि लागेको छ । धारापानीमा यस वर्षदेखि नेपाल सरकारको तर्फबाट नेपाली सेनाले सलामी अर्पणको कार्यक्रमसमेत गरेको छ । तस्विरः रीता लामा, घोराही (दाङ)
कञ्चनपुरको झलारी बजार स्थीत शिवालयमा रहेको भगवान शिवको मुर्तिमा शिवरात्रीका अवसरमा पूजा गर्दै महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
धार्मिक आस्थाको केन्द्रविन्दुका रुपमा चिनिने धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा सोमबार शिवरात्रीका अवसरमा पूजा गर्नका लागि लामबद्ध भईपालो कुर्दै भक्तजनहरु । तस्वीरः तिलकराजओझा, कैलाली
महाशिवरात्री पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा दर्जन र पुजा गर्नको लागि पुगेका भक्तजनहरु । तस्वीरः कमल खत्री, बेनी (म्याग्दी)
कञ्चनपुरको भीमदत्तनगरस्थित शिव मन्दीर परिसरमा शिवरात्रीको दिन सोमबार शिवको भेषमा देखिएका साधु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर
तनहुँको व्यास नगरपालिका–५ ठूलोटार सिमलगैरा टोल विकास संस्थाले निर्माण गर्न लागेको शिवमन्दिरको सोमबार शिलान्यास गर्दै वडाध्यक्ष मोहनकुमार ७नतसेष्ठ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ)
महाशिवरात्री पर्वको अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले सोमवार धनगढीमा गरेको शिवरात्री महोत्सवमा सहभागी सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालगायतका अतिथि । तस्वीरः सिद्धराज भट्ट, धनगढी
महाशिवरात्री पर्वको अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले सोमबार धनगढीमा गरेको शिवरात्री महोत्सवमा मन्तव्य व्यक्त गर्दैै सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा । तस्वीरः सिद्धराज भट्ट, धनगढी
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रोशन सापकोटा
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा बाबासँग भक्तजन । तस्वीर : रोशन सापकोटा
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रोशन सापकोटा

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधु, सन्तको स्वास्थ्य परीक्षण गर्दै नेपाली सेना । तस्वीर : रोशन सापकोटा
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा बाबा । तस्वीर : रोशन सापकोटा
झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै ७नतसद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा,(बनियानी)झापा
महाशिवरात्रिको अवसर पारेर वीरगन्जमा सोमबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगन्जमा निकालेको शान्ति पदयात्रामा भगवान शिव, देवीपार्वती र गणेशको प्रयारुपमा रहेको युवक युवतीहरु । तस्वीर : बिजयकुमार महतो, पर्सा
महाशिवरात्रि पर्वको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौरिधाम शिवमन्दिरमा भक्तजनहरुको भीड । तस्वीर ः खेमराज गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश
झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै ७नतसद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्