Logo
६ बैशाख २०८१, बिहीबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिप्यानद्वारा बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा पारससहित ५ क्रिकेटर सार्वजनिक

काठमडौं :  राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित ५ खेलाडी ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत बर्षको उत्कृष्ट पुरुष क्रिकेट खेलाडीको मनोनयनमा परेका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले आइतबार सार्वजनिक गरेको मनोनयनमा कप्तान पारससहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् । महिलातर्फ कप्तान रुबिना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सिता रानामगर मनोनयनमा परेका छन् । उदयमान क्रिकेट खेलाडी अवार्डका लागि अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा मनोनयनमा परेका छन् ।

सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो । क्रिकेट विकासमा सहयोग गर्ने एकजनालाई सिप्या लाइफटाइम्स अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने बताईएको छ ।

बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै १ लाख ६६ हजार रुपैयाँ पुरस्कार पाउनेछ । अन्य चार विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गरिने छ । अवार्ड फागुन २१ गते मंगलबार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्