Logo
११ बैशाख २०८१, मंगलबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानीको मुहान पुरिँदा स्थानीयवासी मर्कामा

पाल्पा :  डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका-५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् ।

उक्त गाउँपालिकाको वडा नं २, वडाबाट वडा नं ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको स्थानीयवासी नुरबहादुर बुढाथोकीको गुनासो थियो । अर्कास्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताए ।

जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उनको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताए ।

त्यस्तै, अर्गलीमा पहिलो पटक फिजियोथेरापी उपकरण सञ्चालनमा ल्याएको छ । अर्गली स्वास्थ्य एकाईले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रू ५ लाखको सहयोगमा ल्याइएका २ थान उपकरणमध्ये एउटा स्वचालित छ भने अर्को ‘म्यानुअल’ रहेको छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्