Logo
१३ बैशाख २०८१, बिहीबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित सिरहाको सुनकाण्डमा एक वडाध्यक्ष सहित ६ जना जेल चलान

जनकपुरधाम : प्रदेश २ स्थित सिरहा जिल्लामा सुन सहित पक्राउ परेका वडाध्यक्ष सहित ६ जना जेल चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका लहान नगरपालिका वडा नं. १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन् ।

राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सिरहाका से्रस्तेदार नरेन्द्र श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि सिरहा कारागार पठाइएको हो ।

गत पुस २४ गते सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैद्य सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो ।

कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ६ जनालाई सुनसहित कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो । उनीहरुमाथि राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दामा कार्वाहीको लागि जिल्ला अदालत सिरहा पठाएको थियो ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्