Logo
१२ बैशाख २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लुट्न सके लूट’ पछि फेरी आयो सरकारलाई चुनौती दिने अर्को गीत

भर्खरै मात्र चर्चित एवं लोकप्रिय गायक पशुपति शर्माको लुट्न सके लुट कान्छाले गीतले देशमा ठुलै भुकम्प ल्यायो । देशमा पछिल्लो समय देखिएका विकृती र बिसंगतीका बारेमा छताछुल्ल पारिएको उक्त गीतमा प्रयोग भएका शब्दहरु व्यंग्यात्मक भए पनि निकै कडा थिए ।

सरकारको चर्को आलोचना गरेको भन्दै गीत हटाउन बाध्य पारियो । तर उनको गीत जनताले यति मन पराएकी जुन सम्भवता सबैभन्दा धेरै शेयर भएको गीत होला भन्दा फरक पर्देन । पशुपतिको गीतले ठुलो भुकम्प ल्याउदाँ अर्का एक गायकले पनि सरकारकै आलोचना गरेकै शैलीमा गीत ल्याएका छन् ।

“मर्न भन्दा जनतालाई भाछ बाच्न ठुलो डर” बोलको गीतमा राजा आएर देश बचाउन अपिल गरिएको छ । प्रिया सेन्च्युरी र पदम बहादुर श्रेष्ठको आवाजमा रहेको उक्त गीतमा गायक श्रेष्ठकै संगीत रहेको छ भने शब्द सारा सेन्च्युरीको रहेको छ। श्री ५ , राजा आउनु पर्छ जस्ता शब्दहरु प्रयोग भएको सो गीतमा पनि पशुपतिकै गीतमा जस्तै देशमा बढेको विकृती बिसंगीत , बामपन्थी सरकारले लुट्यो जस्ता शब्दहरु प्रयोग भएका छन् ।

बामपन्थी सरकारले सबैमा कर लगाएपछि मर्नभन्दा बाच्न जनतालाई डर भएको भाव प्रस्तुत गरिएको छ । गीतमा प्रिया, पदम, रन्जु र सर्मिलाको अभिनय रहेको छ । पदम सुबेदीको छायांकन रहेको भिडियो सम्पादन धीरेन्द्रको रहेको छ भने निर्देशन स्वयं गायकले गरेका छन् । यो पनि सरकारबिरुद्ध नै रहेको छ अब हेरौँ यस गीतमा भने प्रतिबन्ध लाग्छ वा लाग्दैन ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्