Logo
७ बैशाख २०८१, शुक्रबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनए केन्दीय अध्यक्ष भट्ट सोधपुछपछि रिहा, युएईका अध्यक्ष दुबईमा पक्राउ

एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्य र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको भएपनि युएई अध्यक्ष श्रेष्ठलाई भने हिरासतमा लिएको छ ।

एनआरएनए युएईका एक अधिकारीले मदिरा सेवन गरेर सवारी चलाएको अभियोगमा उनीहरुलाई शुक्रबार बिहान दुबईबाट प्रहरी नियन्त्रणमा लिएको जानकारी आएको बताए । गाडी श्रेष्ठले चलाएको र चेकजाँचका क्रममा उनले मापसे गरेको फेला परेपछि तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

तर, भट्ट र आचार्य दोषी नदेखिएपछि केही घण्टाको केरकारपछि उनीहरु रिहा भएको एनआरएनए युएईका ती अधिकारीले जानकारी दिए ।
भट्ट र आचार्य एनआरएनले युएईको कार्यक्रमसहित अन्य केही नेपाली समूदायले आयोजना गरेको कार्यक्रममा सहभागि हुन दुबई पुगेका थिए ।

‘श्रमिकहरुको श्रम सीप र ज्ञानको विकास सामूहिक लगानी समृद्धिको निकास गरौँ’ भन्ने मुल नाराको साथ एनआरएनए युएईले फेब्रुृअरी २८ मा कार्यक्रमको आयोजना गरेको थियो ।  अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकिएपछि श्रेष्ठसँग देरा दुबई स्थित कार्लन टावरमा पुगेका थिए ।

जहाँ उनीहरु पर्वत सेवा समाजले शुक्रबार आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका निकट व्यक्तिहरु सँग भेटघाटको लागि पुगेका थिए । शुक्रबारको कार्यक्रममा भट्ट र आचार्य सहभागि भएको भएपनि श्रेष्ठ सहभागि भएका छैनन् ।

पक्राउ प्रकरणमा एनआरएनका कोही पनि पदाधिकारी औपचारिक रुपमा बोल्न मानेका छैनन् । यता नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष पासाङ रेन्जी शेर्पाले मापसे प्रकरणमा श्रेष्ठ समातिँदा समाचार लुकाउने प्रयास गरिएको भन्दै फेसबुकमार्फत व्यङ्ग्य गरेका छन् ।

युएई सरकारको कानुनअनुसार मापसे गरेर सवारी हाँकेको पाइए जरिवाना सहित ३ महिना जेल बस्नुपर्छ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्