Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी किन्ने रकमले मदाने गाउँपालिकाले दिए जनतालाई एम्बुलेन्स

गुल्मी : स्थानीय सरकारमा सवारी साधन किन्ने लहर चलिरहेको बेला गुल्मीको मदाने गाउँपालिकाले भने आफूलाई गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्‍याउने उद्देश्यका साथ एम्बेलेन्स खरिद गरिएको छ । सो गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले एम्बुलेन्स खरिद गर्ने कार्य गरेका हुन् ।

गत वर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्टाएका थियौ, त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, उनले मान्नु भएन, विकट गाउँका जनता बिरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन उनीहरूलाई स्वास्थ्यमा सहज पहुँच पुराउन एम्बुलेन्स किनौँ भन्नु भयो र यसै हप्ता दुईवटा एम्बुलेन्स खरिद गरी यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौँ ।’

उनका अनुसार मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्बर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको एम्बुलेन्सको मूल्य प्रतिएक १० लाख ५७ हजार रहेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा खुशी भएका छन् । गाउँपालिकाले भाडाको गाडीसमेत नियमित संचालनमा नल्याएको गाउँपालिकाले दाबी गरेको छ ।

अनुगमन र कतै जान परे मात्र सीमित समयका लागि गाडी लिने गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए। गाउँपालिका प्रमुख केसीले सुविधा पहिला जनतालाई तब मात्र आवश्यकताअनुसार जनप्रतिनिधिलाई भन्दै विकट गाउँपालिका मदानेमा कार्यभार सम्हालेदेखि यातायात सुविधा नपुगेका गाउँमा ७५ किलो मिटर नयाँ मोटर बाटो खनेर सुविधा प्रदान गरेका छन्।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्