Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशसभा बैठकमा विप्लवको चर्चा, सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको कांग्रेसको आरोप

सुर्खेत : कर्णाली प्रदेश सभाको हिउँदे तथा तेस्रो अविधेशन बुधबारदेखि सुरु भएको छ । बैठकमा सरकारका काम कारवाहीको समीक्षा, आलोचना, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट हुने सुरक्षा चुनौतीसम्मका विषयले प्रवेश पाएका छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले एक वर्षमा कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकार मेला महोत्सव मै केन्द्रित भएको भन्दै आलोचना गरे । शाहीले एक वर्षको अवधिमा सरकारले विकास गर्न सकेको साथै शान्ति सुरक्षाको प्रत्याभूतिसमेत गर्न नसकेको भन्दै आलोचना गरे ।

‘प्रदेशका राजधानीका सडकमा खाल्डाखुल्डी उस्तै छ, शान्ति सुरक्षा चुनौतीपूर्ण छ,’ शाहीले भने, ‘जाजरकोट र डोल्पामा हिजोको तत्कालीन माओवादी जस्तैले कब्जा गरिसकेका छन्, भाषणले देश बन्दैन ।’ उनले विप्लव नेतृत्वको नेकपालाई संकेत गर्दै जाजरकोट र डोल्पामा शान्ति सुरक्षाको अवस्था नाजुक रहेको भन्दै चिन्ता गरेका हुन् ।

सरकारमा बसेकाहरुले सुनौलो इतिहास लेख्ने बेला आएको भन्दै उनले हिजोको जस्तो गाउँपालिका अध्यक्षले बजेट बाँडे कर्णाली उभो नलाग्ने बताए । यसैगरी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक मात्र सांसद शेशिला शाहीले सरकारले शाक्तिको दुरुपयोग गरेको आरोप लगाइन् । ‘सरकार यही तरिकाले अगाडि बढे संघीयतामाथि नै प्रश्न उठछ,’ उनले भनिन्, ‘सरकारले पार्टीगत रुपमा योजना वितरण गरेको छ, यो ठीक भएन् ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यामलाल कँडेलले विकास र संमृद्धिलाई साझा मुद्दा बनाएर अगाडि बढनु पर्नेमा जोड दिए ।  कतिपय काम संघीय सरकाले समयमै नगर्दा त्यसको अपजस प्रदेशले भोग्नु परेको उनको भनाइ छ। बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सार्वजनिक प्रशारणसम्बन्धी बनेको बिधेक २०७५ र कर्णाली प्रदेश सुशासन प्रत्याभुतसम्बन्धी विधेयक २०७५ टेबुल गरेका छन् ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्