Logo
१५ चैत्र २०८०, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम खराव भएपछि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गर्न समस्या

ताप्लेजुङ : मौसम खराव भएपछि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गर्न समस्या भएको छ ।  यसअघि चार वटा शव हेलिकोप्टरमार्फत प्यारासुटबाट संकलन गरिएको भएपनि अरु शव संकलन गर्न नसकिएको हो ।

ताप्लेजुङको दुर्घटनास्थलमा भारी वर्षा र हिमपात भएपछि हेलिकोप्टर जान नसकेको त्यहाँ पुगेका एक पत्रकारले बताए । अब बिहीबार बिहान मात्रै संकलन गरिने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ ।

अब भोलि बिहान सबै शव संकलन भएपछि मात्रै काठमाडौं ल्याइने छ । बुधबार दिउँसो भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ ।

http://45.77.46.207/2019/02/79827/

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्