Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको भारतीय लडाकु विमानका पाईलटको तस्बिर भाईरल

बुधवार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको भारतीय लडाकु विमानका पाईलटको तस्बिर र भिडियो भाईरल बनेको छ । यद्यपी भारतीय पक्षले भने यसबारे केहि बोलेको छैन ।

भारतका बिदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने पत्रकार सम्मेलन गर्दे पाकिस्तानी सेनाले भारतमा हमला गरेको पुष्टी गरे ।  उनले पाकिस्तानी विमानलाई पनि खसालेको दाबी गर्दे उनले भारतीय विमानको पाईलट हराईरहेको पुष्टी गरे ।

उनले भने ‘र्दुभाग्यबस यस मिसनमा हाम्रो विमान पनि खसालिएको छ र पाईटल हराईरहेका छन् । पाकिस्तानले हाम्रो पाईलटलाई नियन्त्रणमा लिएको दाबी गरेको छ र यसमा हामी अनुसन्धान गरिरहेका छौँ ।’

सामाजिक सञ्जालमा पनि पाकिस्तानले भारतीय विमानलाई खसालेपछि एक जनाको मृत्यु भएको र अर्का पाईलटलाई जीवितै उद्धार गरी नियन्त्रणमा लिएको तस्बिर तथा भिडियो भाईरल बनिरहेको छ ।

अभिनन्दन नाम गरेका ती भारतीय विमानका पाईलटको आँखामा पट्टी बाँधेर लगिएको देखाईएको छ । उनको यतिबेला उपचारका लागि अस्पताल लगिएको पनि बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्