Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खराब मौसमका कारण पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना : सरकारी पक्ष

काठमाडौं : पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो ।

हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए । ‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना

उता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । ‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने ।

तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।

http://45.77.46.207/2019/02/79800/

http://45.77.46.207/2019/02/79792/

http://45.77.46.207/2019/02/79779/

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्