Logo
१५ चैत्र २०८०, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आतंकबादलाई साथ दिनेहरु सबै आतंकवादी हुन् : राजपा प्रवक्ता

काठमाण्डौ : भारत पाकिसतानबीच तनावमय अवस्था रहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल का प्रवक्ता कृष्णा सिंहले आतंकबादलाई साथ दिनेहरु सबै आतंकवादी भउको बताउका छन् ।

आफ्नो फेसबुक वालमा बिचार सार्वजनिक गर्दै सिंहले भनेका छन् ‘हामीले एउटा कुरा के बुझ्नुपर्छ भने आतंककारीलाई मदत गर्ने पनि आतंककारी नै हुन्छ जसको परिणाम घातक छ।’ यद्यपी उनले नोटमा भनेका छन् ‘यो मेरो निजि विचार हो’।

उनको विचार जस्ताको त्यस्तै : 

आतंकबाद लाई साथ दिनेहरु आतंकबादी हुन।।। भारत मा घटेको आतंकबादी हमला र नेपाल को खुल्ला बोडर अधिकांस आतंकबादीहरु ले प्रयोग गरेको बाटो हो,यति मात्रै हैन भारत बिरोधिहरु ले आतंककारीहरु लाई कहिँ न कहिँ बाट सहयोग गरेको पनि देखिन्छ ,हामीले एउटा कुरा के बुझ्नुपर्छ भने आतंककारी लाई मदत गर्ने पनि आतंककारी नै हुन्छ जसको परिणाम घातक छ।

कहिले काहीं अलि धेरै emotional भयेर सो called nationalist ठूलो गफ दिने गर्छन! पद ,पैस, र वाह वाही लुट्न यस्तो गर्नु हुदैन ।। 
1.भारत हाम्रो छिमेकी देश मात्रै होइन भारतीयहरु सम्बन्धि पनि छन।
2. आतंकबाद विरुद्ध हामी ले समर्थन गर्नु पर्छ।।
3.समय आइसक्यो लडाइको ,को कता छ आतंकबाद को बिषय मा
4. हामी मधेसी भुमी रक्षक जो नेपाल को बोडर को रक्षा बिना हतियार सदियौ देखि गर्दै आयेका छौ ,हामी लाई थाह छ हामी लाई के गर्नु छ।
5.हामी हमेशा दोहोरो चाप मा पडेका जनता हौ र आफ्नो सिमा को रक्षक।
6 आतंककारी लाई साथ दिने आतंककारी नै हुन भारत ले यो बिसयमा सोचे हुन्छ हामी साथ दिन्छौ खुलेर आतंककारी विरुद्ध को लडाइ मा।
note-यो मेरो निजि बिचार हो ।।।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्