Logo
१३ बैशाख २०८१, बिहीबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः एक भए कराँते महासंघ, नयाँ निर्वाचन गर्न २१ सदस्यीय तदर्थ कमिटि गठन

काठमाडौं : फरक-फरक अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघ अन्ततः एक भएका छन् । नेपालमा लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुईवटा संघले कराँते गतिविधि सञ्चालन गर्दै आएका थिए ।

खेलकुद संघको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रायले गठन गरेको विवाद समाधान समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको हो ।

राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघलाई दावा गुरुङले नेतृत्व गर्दै आएका थिए । पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि मान्यता थियो । सहमति अनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्न शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटि गठन गरिएको छ । समितिको सह संयोजकमा दावा लामा छन् ।

उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिचरण केसी, सह महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा बीआर मित्र र श्याम शेर्पा, कोपाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । तदर्थ समितिलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले पनि औपचारिकता मान्यता दिएको छ ।

यसअघि युवराज लामा राखेपको सदस्य सचिव हुँदा आफ्नो संरक्षकत्वमा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेका थिए । दुईवटा कराँते महासंघ अस्तित्वमा रहदाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता, प्रतियोगिता आयोजना, खेलाडी र खेल संघले पाउने सेवा सुविधा लगायत विषयमा विवाद हुँदै आएको थियो ।

एउटै खेलका फरक अस्तित्वमा रहेका संघको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना संयोजक रहेको समितिले अहिले काम गरिरहेको छ । समितिले हालै मात्र मोर्डन पेन्टाथलन संघ र नेपाल जिम्न्यास्टिक संघको विवाद पनि मिलाएको थियो । तेक्वान्दो संघको विवाद भने अझै मिलेको छैन ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्