Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘को बन्छ करोडपति’ मा ‘क्याप्टेन’ प्रचार गर्न पुगे अनमोल र भुवन

काठमाडौं :  फिल्म प्रदर्शनपछि खोज्दा पनि नभेटिने अभिनेता भुवन केसी, अनमोल केसी अचेल भने हरेक ठाउँमा भेटिन थालेका छन् । फिल्म ‘क्याप्टेन’को प्रदर्शन मिति नजिकिँदै गर्दा उनहरु प्रचारका लागि चारै तिर देखिन थालेका हुन् ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने ‘क्याप्टेन’ प्रचार प्रसारको लागि अभिनेता भुवन केसी, अनमोल केसी ‘को बन्छ करोडपति’ मा समेत पुगेका छन् । अभिनेता राजेश हमालले संचालन गर्ने उक्त शोमा भुवन र अनमोल फिल्म प्रचारका लागि पुगेका हुन् ।

‘चोर सिपाही’ र ‘राजु राजा राम’ नामक २ फिल्म एकसाथ अभिनय गरेका भुवन र राजेश झण्डै दशक पछि एकसाथ देखिएका हुन् । ‘भुवन र अनमोलको सहभागी एपिसोड दर्शकका लागि खास हुनेछ’ अभिनेता हमालले भने ‘कार्यक्रममा भुवन र अनमोलको अलवा नीरुता सिंह, उपासना सिंह ठकुरी र प्रियंका एमभी पनि देखिने छिन् ।’

‘को बन्छ करोडपति’ क्विजमा भने यी कलाकारको सहभागिता  अभिनेता भुवनले फिल्मको प्रचारका लागि ‘को बन्छ करोडपति’मा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताए । उनले राजेश हमालसँग स्क्रिन शेयर गर्न पाउदा निकै खुसि लागेको सुनाए । अनमोलले पनि कार्यक्रमबाट आफुले नौलो अनुभव गर्न पाएको सुनाए । सोमबार छायाँकन गरिएको ‘को बन्छ करोडपति’ शो एपीवान टेलिभिजनबाट यसै साता प्रशारणमा आउँनेछ ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्