Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगरमा अनियमितता बढ्यो : उपमेयरलाई असुरक्षित महसुस

काठमाडौं : भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा अनियमितता बढेको बताएकी छिन् । शाहले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस भैरहेको बताइन् । यसबारे उक्त महानगरपालिका का मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ ।

शाहले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् । स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’

महानगरपालिकालाई मेयर रेनुले एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्