Logo
६ बैशाख २०८१, बिहीबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE मा गोर्खाली साँझ हुँदै : अग्रजहरुको साथमा नेपाल आईडलको ४ कलाकार

UAE : संयुक्त अरब इमिरेट्स (UAE)  दुबईमा ‘गोर्खाली साँझ’ आयोजना हुने भएको छ । नेपाली रियालिटी सो नेपाल आईडलका कलाकारहरूको बिशेष उपस्थिति हुने उक्त कार्यक्रम आगामी मार्च ८, २०१९ मा आयोजना हुने भएको हो ।

कार्यक्रममा नेपाल आईडल बिजेता रवि ओड, क्रमशः बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीका साथै चर्चित लोकगित (सालको पात) गायक कुलेन्द्र विकको प्रस्तुती रहनेछ । यसैगरी नायिका तथा मोडल एलिना रायमाझी, बिबेक खतिवडा, शोभा त्रिपाठी, रमेश दुलाल (कागे), डिजे फेरालगायत स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले बताएका छन् ।

दुबईको ग्रान्ड एक्सीलिसर होटल हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकमध्ये एक सदस्य मनोज गोर्खालीले रातोपाटीलाइ बताए । कार्यक्रमबाट युएईमा रहेका हजारौं नेपालीहरुले मनोरञ्जन लिने आयोजकको दाबी छ ।

एनआरएनए युएईलगायत युएई रहेका अन्य समाजिक संघसस्थाहरूको साथ सहयोगमा हुन लागेको उक्त कार्यक्रम गैरआवायीय नेपाली संघ एनआरएनएका आईसीसी सदस्य एव्ं अन्तर्राष्ट्रिय कलाकार समाजका ग्लोबल सल्हाकार मनोज गोर्खाली र एनआरएनए युएइ क्षेत्रिय समिति दुबइका अध्यक्ष मदन अधिकारीले आयोजना गरेका हुन् ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्