Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NIC एशिया : महिला महासंघसँगको सहकार्यमा ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक

काठमाडौं : NIC एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ ।

बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एन आई सी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीद्वारा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध हुने छ ।

यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाकालागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्