Logo
१५ चैत्र २०८०, बिहीबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगञ्जमा स्वतन्त्रता समुदायीक प्रतिष्ठानको निर्माण थाल्यो, सांसद मेहताद्वारा शिलान्यास

सुनसरी : प्रदेश १ स्थित सुनसरीको देवानगञ्जमा स्वतन्त्रता सेनानी समुदायिक स्मृती प्रतिष्ठान बन्ने भएको छ । पटक-पटकको राजनीतिक आन्दोलनमा उक्त क्षेत्रका राजनीतिक अगुवाहरुको योगदान र संघर्षको उच्च मुल्याकंन गर्दै उनीहरुको सम्मानमा समुदायिक भवन बनाउन लागिएको हो ।

देवानगञ्ज बजारमा पर्ने वडा नम्बर २ स्थित राम जानकी ठाकुर वाडीको जग्गामा उक्त भवनको सोमवार शिलान्यास गरिएको हो । सुनसरी क्षेत्र नम्बर २ का संघीय सांसद सिताराम मेहताले उक्त समुदायिक भवनको शिलान्यास गरेका हुन् । बिभिन्न राजनीतिक काल-खण्डमा संघर्ष गरेका राजनीतिक अगुवाहरुको नाम, तस्विर र शिलालेख समेत उक्त भवनमा हुने सांसद मेहताले बताए ।

‘नेपालको बिभिन्न राजनीतिक आन्दोनमा यस क्षेत्रको निकै योगदान रहेको छ । बिपि, गिरिजाहरुलाई स्थापित गराउने समेत यहि क्षेत्र हो । यस क्षेत्रका कयौं वीर योद्धाहरुको राजनीतिक संघर्षमा योगदान रहेको छ ।’ मेहताले भने ‘अव सबैको पहिचान हुनेछ । नयाँ पुस्ताले पनि प्रेरणा लिनेछन् र यस क्षेत्रका वासीले गर्व गर्नेछन् ।’

बिभिन्न सार्वजनिक कार्यक्रमहरु समेत समुदायिक भवनको रुपमा प्रयोग गरिने उद्देशयका साथ उक्त भवन बनाउन लागिएको निर्माण समितिका अध्यक्ष जगधर यादवले बताए । उनका अनुसार संसदीय क्षेत्र विकास कोषको बजेटबाट रु. ५० लाखको लागतमा उक्त भवन निर्माण थालिएइको हो ।

कार्यक्रम हल समेत अत्याधुनिक समुदायीक भवनको रुपमा निमार्ण थालिएको समितिका सचिव सुरेन्द्र यादवको भनाई छ । ‘यस क्षेत्रमा एउटा कार्यक्रम हल पनि छैन’ त्यो आवशयक्ता पनि पुरा होस् र यस क्षेत्रबाट बिभिन्न राजनीतिक आन्दोलनमा संघर्ष गरेका राजनीतिक योद्धाहरको सम्माण पनि होस् भन्ने उद्देशयका साथ निमार्ण कार्य थालिएको सचिव यादवले बताए ।

शिलान्यास कार्यक्रममा देवानगञ्ज गाँउपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, वडाअध्यक्ष मजलुम अन्सारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामलाल मेहता लगायतकाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्