Logo
७ बैशाख २०८१, शुक्रबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हतियारधारीले अमेरिकामा लिए एक नेपालीको ज्यान

काठमाडौं : अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको गोली हानेर हत्या भएको छ । हतियारधारीले गोली चलाउँदा लम्जुङ घर भएका सुभाष घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी-मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन् । सुभाष सम्झनामा उनले सञ्चालन गर्दै आएको टी-मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो भने दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्