Logo
१२ बैशाख २०८१, बुधबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-नेपाल कृषि साझेदारी : नेपाली किसान/विशेषज्ञलाई भारतमा प्राङ्गारिक खेतिको प्रशिक्षण

काठमाण्डौ : नेपाली किसान एवं कृषि विशेषज्ञलाई भारत सरकारले प्राङ्गारिक खेतिको तालिममा सहभागी गराएको छ । ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ कार्यक्रम अन्तरगत २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोली तालिमका लागि भारतको गाजियाबाद पुगेका हुन् । National Centre of Organic Farming (NCOF) मा माघ १८ देखि फाल्गुण १८ गते सम्म सञ्चालन हुने उक्त तालिम एक महिने तालिम हो । यसअघि पनि २० नेपाली सहभागीहरुको टोलीले गत कार्तिक २९ देखि मङ्सिर २८ सम्म सञ्चालन भएको तालिममा सहभागी भइसकेका छन् ।

काठमाण्डौ स्थित भारतीय दुतावासका अनुसार तालिम दिइनुको मुुख्य उदेश्यहरु माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङ्गारिक खेतीलाई प्रवर्धन गर्नु, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्नु, जैविक मल तथा जैविक किटनासक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बीउको आपूर्तिलाई सुनिश्चित गगर्नु, तथा नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत विकास गरी माटो परीक्षण तथा प्राङ्गारिक प्रमाणीकरणमा क्षमता विस्तार गर्नु रहेको छ ।

०७४ चैत्रमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयूक्त रुपमा दुवै प्रधानमन्त्रीद्वयले ‘भारत-नेपाल कृषिमा नयाँ साझेदारी’ को सुभारम्भ गरेका थिए । त्यसपछि २०७५ आषाढमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नयाँ दिल्ली स्थित Indian Agricultural Research Institute (IARI) तथा गाजियावाद स्थित National Centre of Organic Farming (NCOF) को भ्रमण गर्नुका साथै उनका समकक्षी कृषि तथा किसान कल्याण मन्त्री राधा मोहन सिंह सँग पनि भेटवार्ता गरे यो साझेदारी दुवैदेशको हितमा अगाडी बढाउने सम्झदारी गरेका थिए ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्