Logo
६ बैशाख २०८१, बिहीबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बेटी पढाऊ बेटी बचाऊ’ प्रदेश २ को अभियानबारे पत्रकार वीरेन्द्र केएमको यस्तो प्रतिकृया

पत्रकार वीरेन्द्र केएम

पत्रकार वीरेन्द्र केएमले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानबारे कडा प्रतिकृया दिएका छन् । उनले उक्त अभियानलाई छोरीका लागि अपेहिलित अभियानको संज्ञा समेत दिएका छन् ।

समाजिक संजालमा खुल्ला विचार बयक्त गर्दै उनले छोरालाई पढाउन पैसा हुने, अनि छोरीलाई पढाउन राज्यले किन दिनुपर्ने ? भन्दै प्रशन समेत तेस्राएका छन् । मधेशी अगुवा मध्ये एक मानिने पत्रकार केएमले भनेका छन् :

“बेटी” का नाममा अपेहिलित अभियान होईन “बेटी”लाई “बेटा” जस्तै अनिवार्य पैतृक सम्पत्तिमा अधिकार र शिक्षा दिनैपर्छ भन्ने अभियान थाल ।

-छोरालाई पढाउन पैसा हुने अनि छोरीलाई पढाउन राज्यले किन दिनुपर्ने ?

-छोरा जन्मिन बितिकै पैतृक सम्पतीको अंशियार हुने अनि छोरीलाई दाइजोको नाममा बंचित किन गर्ने ?

-छोरा छुट्टिदा २ ओटा थाल भए त्यसलाई नी बाडिने, अनि छोरी बिवाह गरेर घर छोडिरहँदा “औपचारिक रूपमा बंशबाटै छुट्टिदा” उस्ले दाइजोका नाममा केहिपनि किन नपाउने ?

#दाइजो_छोरीको_अधिकार 
#शिक्षा_दिनु_आमाबाबुको_कर्तव्य_हो_होइन_उपकार

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्