Logo
१३ बैशाख २०८१, बिहीबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलिमयामा बिचल्ली परेका विद्यार्थीप्रति चिन्ता प्रकट, छानिवन गर्न सरकारसँग माग

काठमाडौं : विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलिमयाका कलेजमा पठाइएका १ हजार बढि नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवन गर्न माग गरेको छ ।

सो पाटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिचल्ली भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न तथा अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

सो पाटीले अष्ट्रेलियास्थित गैर आवासीय नेपाली सङ्गठन लगायतका नेपाली सामाजिक संघसंस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।

‘विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ । एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्