Logo
१५ चैत्र २०८०, बिहीबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रख्यात हिन्दी समालोचक तथा साहित्यकार नामवर सिंहको निधन

हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ९३ वर्षका नामवरको मंगलबार अबेर राति निधन भएको हो । नामवरको परिवारका सदस्यले निधनको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ । पछिल्लो केही हप्तादेखि उनी एम्समा भर्ना थिए । जनवरीमा उनी आफ्नो कोठमा लडेका थिए, त्यसपछि उनलाई एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।

उनलाई ब्रेनह्यामरेज भएको डाक्टरले बताएका थिए । उनको अवस्था सुधार हुँदै गएको थियो । बुधबार उनको दिल्लीमा अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ । सन् १९२७ को जुलाई २८ मा वाराणसीको जीयनपुर गाउँमा जन्मेका उनले बिएचयुबाट हिन्दी साहित्यमा एमए तथा पिएचडी गरेका थिए ।

उनले धेरै वर्ष बिएचयूमा अध्यापन गराए । त्यसपछि सागर तथा जोधपुर विश्वविद्यालयमा पनि अध्यापन गराए । उनी त्यसपछि दिल्लीको जेएनयुमा आए र त्यहिँबाट अवकास लिए । साहित्य एकेडेमी सम्मान पाएका नामवरले हिन्दी साहित्यमा समालोचनालाई नयाँ आयाम र उचाई दिए ।

हिन्दी साहित्यका ठूला समालोचक मध्येका आचार्य रामचन्द्र शुक्लबाट सुरु भएको परम्पराको नामवरले आलोचना गरेका थिए । अध्यापन तथा लेखनसहित उनले जनयुग र आलोचना नामक हिन्दी भाषाका दुई पत्रिकाको सम्पादन पनि गरेका थिए ।

उनले सन् १९५९ को लोकसभा चुनावमा चकिया-चंदौलीबाट भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । पराजित भएपछि उनले बिएचयू छोडेका थिए ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्