Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लसुनका हरिया पात खान जान्नुभयो भने हरेक रोग चैट

काठमाडौ : लसुनलाई आयुर्वेद संसारको राजा बुटी मानिन्छ । यसमा अत्याधिक औषधीय गुण भएकाले यसलाई ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ ।

पेटको क्यान्सरलाई घटाउँदै लैजान्छ । अन्य रोगादी लाग्न दिँदैन । यसैले यो जीवको पेटको रक्षा कवज मानिन्छ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ ।

स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्