Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी प्रकरणमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ सचिवको सरुवा

काठमाडौं : सरकारले ६ जना सचिवको सरुवा गरेको छ । वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटासहित सरकारले ६ जना सचिवको सरुवा गरेको हो । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । देवकोटा वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका थिए । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्