Logo
७ बैशाख २०८१, शुक्रबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३१ वर्षअघि शिलान्‍यास गरिएको सडक फेरि शिलान्‍यास गर्न प्लेन चार्टर गरेर पुगे प्रधानमन्त्री

धनगढी : बि.स. २०४४ सालमा शिलान्यास भइ लामो समयदेखि अलपत्र परेको डोटीको बोगटान सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ पुनः उद्घाटन गरेका छन्। राजनैतिक खिचातानीका कारण हरेक निर्वाचनमा दलहरुको एजेण्डा बन्‍ने गरेको सडक यसपटक पुनः शिलान्यास गरिएको हो।

श्री एयरलायन्सको प्लेन चार्टर गरेर प्रधानमन्त्री सहित उर्जा मन्त्री बर्षमान पुन, भौतिक पुर्वाधार तथा यायातात मन्त्री रघुवीर महासेठको जम्बो टोली मंगलबार दिउँसो धनगढी विमानस्थल पुगेको थियो। धनगढीबाट सडक उद्घाटनका लागि नेपाली सेनाको हेलिकप्टरमा टोली बोगटान पुगेको हो।

०४४ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापती भरतबहादुर खड्काले शिलान्यास गरेको बोगटान सडकको ५० किलोमिटर कालोपत्रेको शिलान्यास प्रधानमन्त्री ओलीले गरेका छन्। पछिल्लो समय प्राथमिकता पाइरहेको बोगटान सडकमा कांग्रेस र नेकपाका नेताहरुबिच काम आफुहरुले गरेको देखाउन होडबाजी गरिरहेका छन्।

डोटीबाट प्रतिनिधि सभामा निर्वाचित प्रेमबहादुर आलेमगर लामो समयदेखि अलपत्र रहेको बोगटान सडकमा आफ्नो पहलबाट कालोपत्रेको काम सुरु भइरहेको दाबी गर्छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको सिलान्यास गराएर आफ्नो पहलबाट काम भइरहेको दावी गरे।

हाल कांग्रेसका प्रदेश सांसद एवं २०४४ सालमा बोगटान सडकको सिलान्यास गर्ने तत्कालीन जिल्ला सभापती भरतबहादुर खड्काले सो सडकको पुनः सिलान्यास गर्नु राजनैतिक प्रपोगण्डा मात्र भएको बताए।

 

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्