Logo
१२ बैशाख २०८१, बुधबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै विगत ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्